Section 21
नियमहरु बनाउने अधिकार

(१) यस ऐनको उद्देश्य कार्यान्वित गर्नको लागि नेपाल सरकारले नियमहरु बनाउन सक्नेछ ।

(२) उपदफा (१) ले दिएको अधिकारको सर्वसामान्यतामा प्रतिकूल प्रभाव नपर्ने गरी खास गरी देहायका विषयहरुमा नियमहरु बनाउन सक्नेछ :–
(क) स्वंयम्बर, साइपाटा, कन्यादान, मुखहेर्न जाने, सम्धी–सम्धिनी भेटसम्बन्धी व्यवहार सम्बन्धमा,
(ख) जन्तीलाई दुलहीतर्फबाट खुवाउने सम्बन्धमा,
(ग) विवाह भएपछि वर्ष दिनसम्म गरिने व्यवहार सम्बन्धमा,
(घ) सुत्केरी हुनुभन्दा अघि वा पछि गरिने व्यवहार सम्बन्धमा,
(ङ) आमा बाबुको मुख हेर्ने सम्बन्धमा,
(च) भाइटीका सम्बन्धमा,
(छ) सामाजिक व्यवहारमा सगुन लाने सम्बन्धमा,
(ज) पितृकार्य गर्दा दान आदि गर्ने सम्बन्धमा,
(झ) सामाजिक व्यवहारमा आमन्त्रण गरिने पाहुनाहरुको संख्या तोक्ने सम्बन्धमा,
(ञ) दुलान फर्काउने सम्बन्धमा,
(ट) भोजमा बोलाउने नजिकका नातेदारहरुको अधिकतम संख्या तोक्ने सम्बन्धमा ।